सूर्याेदय नगरपालिकामा पर्ने तीन तले झरनामा पर्यटन पूर्वाधार निर्माण कार्यले तिब्रता पायो

सूर्याेदय नगरपालिकामा पर्ने तीन तले झरनामा पर्यटन पूर्वाधार निर्माण कार्यले तिब्रता पायो


५ आश्विन, इलाम । इलामको सूर्याेदयनगरपालिकामा पर्ने तीन तले झरनामा पर्यटन पूर्वाधार निर्माणको कार्यले तिब्रता पाएको छ ।

पर्यटकीय नगर सूर्याेदयन–३ मा पर्ने झरनामा पदमार्ग र व्युटिफिकेसनका काम गरिँदै धमाधम भईरहेको छ । सूर्याेदय नगरपालिका–३ स्थित रुङसुङ्गमा रहेको झरनालाई पर्यटनको आकर्षक गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम अगाडी बढाईएको नगर प्रमुख रनबहादुर राईले जानकारी दिनुभयो ।

प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा योजना छनौट गरि प्रदेश सरकारको शहरी विकास तथा भवन डिभिजन कार्यालय इलामले पूर्वाधार निर्माणको काम गरिएको डिभिजन प्रमुख समुन मिश्रले बताउनुभयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा तीन तले झरना क्षेत्रमा पूर्वाधार निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट झरना क्षेत्रमा पदमार्ग, सिढि निर्माण व्युटिफिकेसन गर्ने काम भइरहेको छ । उपभोक्ता समितिमार्फत हुँदै आएको काम आर्थिक वर्ष सकिन तीन महिना अघि नै १५ लाखको काम सकिएपछि प्रदेश सरकारले थप ५ लाख बजेट विनियोजन गरेको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर