कनकाईका समाजसेवी थापाले बाडे १७ सय परिवारलाई राहत

कनकाईका समाजसेवी थापाले बाडे १७ सय परिवारलाई राहत

४ आश्विन, झापा । झापाको कनकाई नगरपालिका ४ कोटीहोमका मनकुमार लकान्द्री सवारी चालक थिए । उनको कमाईमा परिवार राम्रोसँग पालिइएको थियो । सबै खुसि थिए । तर उनको खुसिमा एक्कासी बज्रपात पर्याे ।

कारण थियो उनले चलाएको गाडी दुर्घटनामा पर्याे । उनि गम्भिर घाईते भए । उनलाई बचाउन परिवारले हरसम्भव प्रयास गरे । उनको उपचार गर्न काठमाडौको ग्राण्डी लगायतका अस्पालमा लगियो। उनिहरुसँग भएका सबै जग्गाजमिन पनि सकियो । अन्तमा उनि जेनतेन बाच्न सफल भए । तर त्यसपछिका उनको जिन्दगी अर्काका भरमा बाच्नुपर्ने अवस्था आयो ।

उनकी श्रीमतीले बनिबुतो गरेर एक श्रीमान् र २ बच्चा पालेकी थिइन् । तर एक्कासी उनकी श्रीमती पनि बिरामी परिन् । उनिहरु मासिक एक हजार तिरेर भडाको फुसले बारेको घरमा बस्दा रहेछन् ।

पुरुषमा भन्दा महिलाहरुमा बढी समस्या हुन्छ । उनलाई बारम्बार रगत बग्ने समस्या छ, मनकुमारले भने । यतिकैमा उनिहरुका झन् दुखद दिन शुरु भए । त्यो हो गत चैत्र ११ गतेदेखिको लकडाउन । उनिहरुको आ िर्थक अवस्था पनि अत्यान्त कमजोर त्यहिमाथी लकडाउन । श्रीमतीले कतै काम गर्न पाईनन् । घरमा चामलको एक गेडो पनि थिएन । २ बच्चाहरु ४ दिनदेखि भोको । उनले स्थानीय जनप्रतिनिधि लगायत टोल बिकास संस्थाका संयोजक लाई आफ्नो समस्या सुनाए तर कसैले चासो दिएनन् ।

आफ्ना बच्चाहरु खाना मागिरहेका थिए । उनमा कुनै विकल् प थिएनन् । ताकी आफ्ना बच्चाहरुलाई एक छाक खाना खुवाउँ । उनि जिवनको कठिन घडिमा उभिए र आफ्नो मृगौला बेच्ने निर्णयमा पुगे । र दमकमा रहेको एक मिडियामा फोन गरेर भने– ‘हजुर मेरा २ बच्चाहरु ४ दिनदेखि भोकै छन् मसँग केहि छैन म मेरो एउटा मृगौला बेच्न चाहान्छु ।’

उनको बिलौना कनकाई नगरपालिका ९ का खानी तथा त्रसर उद्योग ब्यवसायी तथा समाजसेवी शेरबहादुर थापाको कानमा पर्याे । उनि कामका सिलसिलामा इलाममा थिए । त्यो खबर सुन्ने वित्तिकै थापाको मन छोयो । थापा भन्छन् –‘मलाई रातभर निन्द्रा ला गेन, किन कि म पनि कुनै बेला एक छाक खाएर भोक भोकै सुतेको थिए ।’

उनले आफ्नो विगत स्मरण गरे । र तत्काल इलामबाट सागसब्जी र दुई बोरा चामल लगायतका खाद्यान्न बोकेर मनकुमारको घरमा पुगे । उनि त्यहाँ पुग्दा अन्नको एक गेड ो थिएन रे । थापाले सो परिवारमा ४ दिनदेखि बल्न नसकेको चुल्हो बाल्न सफल भए । अहिले लकान्द्रीको घरमा खानाको अभाव छैन ।

उनलाई सहयोग गर्ने धेरै भएका छन् । खानाका साथै अहिले उनलाई बासको पनि ब्यवस्था हुने भएको छ स्थानिय बिकास ढुङ्गानाले १० धुर जग्गा दिएका छन् । अब मनकुमारलाई क सैले घर बनाइदिए हुन्थ्यो भन्ने लागेको छ । असार ३ गते बुधबार सागसब्जी र केहि जस्ताको पाता बोकेर थापा पुगेका थिए । मनकुमारले शेरबहादुर थापाका कारण आफ्नो घरमा चुल् हो बलेको भन्दै आफ्ना बालबच्चाको मुहारमा हाँसो ल्याउने थापालाई भगवान भन्दै धन्यावाद दिए ।

कनकाई नरपालिका प्रति भने उनि रुष्ट छन् हामी भोक भोकै हुँदा पनि कसैले राहत दिएनन् बरु हामीलाई नभनि शेर बहादुर थापालाई किन बोलाएको भनेर गाली गरेको मनकुमारले दुखे सो पोखे । यि त पात्र मात्रै हुन् कनकाई नगरपालिकामा राहत बाड्दा राजनितिक आस्थाका आधारमा राहत बाँडिएको स्थानियको आरोप छ ।

कनकाई ९ निवासी समाजसेवी शेरबहादुर थापाले लकडाउनको समयमा व्यक्तिगत प्रयासमा १७ सय परिवारका घरलाई राहत बाडेका छन् । अर्जुनधारा बिर्तामोडमा, बुद्धशान्ति, झापा गाउँपालिका, पृथ्वीनगर र बाँकी कनकाई नगरपालिकामा सहयोग गरिेरहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270