होम वायो ग्यास प्रविधिले धनकुटाका किसानहरुलाई दोहोरो फाइदा

होम वायो ग्यास प्रविधिले धनकुटाका किसानहरुलाई दोहोरो फाइदा

४ आश्विन, धनकुटा । धनकुटानगरपालिका र यूएनडिपिको आर्थिक सहयोगमा तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नगरका ४२ घरधुरी किसानलाई नगरपालिकाले होम वायो ग्यास प्रविधि वितरण गरेकोे छ ।

धनकुटानगरपालिकामा अहिले स्मार्ट भिलेज कार्यक्रम सञ्चालन भइरहेको छ । सोहि कार्यक्रम अन्र्तगत कार्वन उत्सर्जन कम गरि वातावरण जोगाई नमुना गाँउ निर्माणका लागि कुहिने फोहोर तथा गोबर प्रयोग गरी ग्यास उत्पादन गर्न मिल्ने सजिलो प्रबिधि (होम वायो ग्यास प्रबिधि) २० लाख रुपैँयाको लागतमा ९५ प्रतिशत अनुदानमा नगरका ४२ परिवारलाई वितरण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताउनुभयो । यसमा किसानको भने ५ प्रतिशत लगानी रहेको छ ।

धनकुटामा अहिले नमुना गाँउ बनाउने अभियानका साथ रु १ करोड १५ लाख बराबरको लागतमा स्मार्टभिलेज कार्यक्रम सञ्चालन भइरहेको छ ।

नगरपालिकाका अनुसार होम वायो ग्यासको प्रयोगबाट किसानलाई दोहोरो फाइदा पुगेको छ । धनकुटानगरपालिका–१० का कृषक खड्ग बहादुर भट्राइले पनि नगरको अनुदानमा वायो ग्यास प्रविधि प्रयोगले धेरै सहज भएको बताउनुभयो ।

कृषक भट्टराईका अनुसार परम्परागत गोबर ग्यास जस्तो वायो ग्यास चलाउन झन्जटिलो हुदैन । उहाँले भन्नुभयोः ‘परम्मपरागत गोबर ग्यास बनाउन धेरै खर्चिलो हुन्छ । त्यसमा गोबरबाट ग्यास उत्पादनका लागि धेरै घाम लाग्ने ठाउँ चाहिन्छ । अनि मात्र राम्रो संग बल्ने गर्छ तर होम वायो ग्यासमा कुहने फोहोर मैला लगाउन मिल्छ । एक बाल्टि गोबर घोलेको पानी दिनमा एक पल्ट लगाएमा मज्जाले बल्छ ।’

वायो ग्यासबाट निस्किएको प्राङगरिक मल बालिमा मज्जाले लाग्ने भएकाले बालि पनि सप्रेको र गाइ बस्तुको गोबर व्यवस्थापन गरी गुणस्तरिय मल बनाउन अन्य विधि अपनाइ रहनु पर्ने समस्या समेत समाधान भएको उहाँले बताउनुभयो ।

त्यस्तै गरि वडा नं १ का कृषक विना तामाङले पनि वायो ग्यास प्रविधि पाउदा खुसी व्यक्त गर्नुभयो । वायो ग्यासमा खान पकाउन थाले पछि समयको बचत भएको र खाना बसालेर अरुकाम गर्ने समय मिलेको उहाँ बताउनुहुन्छ । भान्साबाट निस्किएका कुहिने फोहोर र त्यतिकै खेर गइरहेको गोबर पनि पनि व्यवस्थापनभएको उहाँले बताउनुभयो ।

त्यस्तै गरी अर्का कृषक सान्ता घिमिरेले पनि एल्पि ग्यास भर्न बजारमा सिलिन्डर बोकेर जानु पर्ने कहिले ग्यास नपाउने समस्या सामधान भएको बताउनुभयो । वायो ग्यास आएपछि त्यस्ता समस्या हटेको साथै पैसा बचत भएको बताउनुभयो ।

वायो ग्यास पहाडी क्षेत्रको माथिल्लो भेगमा पनि सहजरुपमा चलाउन सकिन्ने, परम्परागत गोबर ग्यास भन्दा सस्तो, यो ग्यास बनाउन गोबर मात्र नभएर कुहिने फोहोर मैला चिजहरु पनि लगाउन मिल्ने भएकाले वातवरण अनुकुलन रहेको पर्डेप नेपाल धनकुटाका कार्यक्रम प्रमुख मिन प्रसाद सुबेदिले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर