२ आश्विन, काठमाण्डौँ । नेपालमा आज मात्र ३ सय ८० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै संक्रमित संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितमध्ये महिला ४ सय ९९ र पुरुष ६ हजार ९२ छन् । संक्रमित संख्या बढिरहेकाले शतर्क हुन भनिएको छ ।
यसअघि हिजो संक्रमित संख्या ६ हजार नाघेको थियो । हिजो ४ सय ५१ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको थियो ।
हालसम्म ७३ जिल्लामा संक्रमित पत्ता लागेका छन् । निको भएका संक्रमितको संख्या एक हजार नाघेको छ ।
लकडाउन खुकुलो बनाएपछि संक्रमितको संख्या झन बढिरहेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, अर्घाखाँची र बर्दियाका ९र९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४र४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २र२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १४९ जना छन् ।