१ आश्विन, काठमाण्डौँ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । आज थप ४५१ संक्रमित थपिएसँगै संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४५१ संक्रमित थपिएको जानकारी दिनुभयो । २४ घण्टामा थपिएको यो संख्या हालसम्मकै उच्च हो ।
कुल संक्रमितमध्ये ५ हजार ७ सय ४० पुरुष र ४ सय ७१ महिला छन् । कुल ७३ जिल्लामा संक्रमित पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, अहिलेसम्म एक हजार ४१ जना संक्रमित भएकाहरु निको भएका छन् । जसमध्ये ९३७ पुरुष र १०४ महिला छन् ।
जेष्ठभर ५ हजार ५ सय १७ जना कोरोना भाइरसको संक्रमित बढेका छन् । वैशाखको अन्तिम दिनसम्म २ सय ४३ संक्रमित संख्या पुगेकोमा जेष्ठभर साँढे पाँच हजार संख्या वृद्धि भएको हो ।
हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म १ हजार ४१ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।