१ आश्विन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उहाँले ढुक्क रहन आग्रह समेत गर्नुभएको छ ।
आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि ? कतिपय विज्ञासु युवाहरुको प्रश्न आफूले सुनेको बताउनुभयो ।
शिक्षा समाज र देशको आवश्यकताका लागि हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उहाँले भन्नुभयो, ‘भावी पुस्ता आम विषयमा जानकार, आफ्नो विषयमा विशेषज्ञ र आफ्नो समाजबारे जानकार हुनुपर्छ ।’
देशले भावी पुस्ता र भविष्यका लागि लगानी गरेको भन्नुभयो । असल र इमान्दार भावी पुस्ताको उत्पादनमा सरकार लागेको बताउनुभयो ।