गुल्मीमा एक जना कोरोना संक्रमितको मृत्यु, सुदूरपश्चिममा थप ६४ संक्रमित थपिए

गुल्मीमा एक जना कोरोना संक्रमितको मृत्यु, सुदूरपश्चिममा थप ६४ संक्रमित थपिए

३२ जेष्ठ, काठमाण्डौँ । गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर रोगीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्काेट गाउँपालिकाका ३६ वर्षीय पुरुषको हिजो राती १० बजे मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो ।

मृतक व्यक्तिमा जेष्ठ १२ कोरोना सङ्क्रमण पुष्टि भएसँगै रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी विगत २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए ।

केही दिनअघिदेखि उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो । आइसोलेसनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुइँमै राखेर उपचार गरिएको थियो ।

गुल्मीमा यसअघि कोरोना सङ्क्रमणकै कारण मदाने गाउँपालिका वडा नं ६ का ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशमा एकै दिन ६४ जनामा कोभिड–१९ का संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या २ सय २४ पुगेको छ । हिजो सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि नै २६ जना संक्रमित निको भइ घर गइसकेका छन भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270