३२ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवा बजारमा अहिले भिषण आगालागी भईरहेको छ ।
सुनसरी सदरमुकाम इनरुवाको मुख्य बजारमा रहेको हनुमान बस्त्रालयमा र सृजना फाईनान्सको भवनमा भिषण आगलागी भईरहेको जिल्ला प्रहरी काकर्यलय सुनसरीले जनाएको छ ।
आगलागी विहान ५ बजेबाट सुरु भएको थियो । अहिले सम्म पनि आगलागि नियन्त्रणमा आएको छैन ।
आगलागी नियन्त्रणका स्थानीयवासी, प्रहरी र धरानका उपमहानगरपालिकाको २ वटा, इटहरीको १ वटा र दुहबीको १ वटा दमकलले प्रयास गरिरहेको छ । तर पनि अझै आगो नियन्त्रणमा आउन छैन ।
आगलागी के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म खुलिनसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।
थप विवरण आउन बाँकी ।