झापामा अहिलेसम्म ६ हजार ४ सय १६ जनाको कोरोना परीक्षण

झापामा अहिलेसम्म ६ हजार ४ सय १६ जनाको कोरोना परीक्षण

३१ जेष्ठ, झापा । झापा जिल्लामा पीसीआर र आरडीटी विधिबाट अहिलेसम्म ६ हजार ४ सय १६ जनाको कोरोना परीक्षण गरीएको छ ।

जिल्ला व्यवस्थापन सहायता कक्ष झापाका सचिव जीवन चौलागाईँका अनुसार पीसीआर विधिबाट ३ हजार ९ सय ८७ जनाको नमुना स्वाब संकलन गरी १ नम्वर प्रदेश प्रयोगशालामा परीक्षण गर्दा १ सय ६९ जनामा कोभिड १९ को संक्रमण फेला परेको छ । करीव ५ सयको रिपोर्ट आउन बाकी रहेको र अरू सवैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन समेत रहनुभएका चौलागाईँले बताउनुभयो ।

कार्यालयले जिल्लामा संकलन गरेको स्वाब नमुना परीक्षणाका लागि १ नम्वर प्रदेश प्रयोगशालासहित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा र कोशी अञ्चल अस्पताल विराटनगर पठाउने उहाँले बताउनुभयो ।

यस्तै २ हजार ४ सय २९ जनाको आरडीटी विधिबाट परीक्षण गर्दा ३७ जनामा पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा रहेका ५५ वटा क्वारेण्टिनमा अहिले १ सय १२ महिलासहित ५ सय ७६ जना रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर