राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका तर्फबाट अमृत खालिङ निर्वाचित

३१ जेष्ठ, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका तर्फबाट अमृत खालिङ राई निर्वाचित हुनुभएको छ ।

संयुक्त राज्य अमेरीकाको न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदका लागि पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत खालिङ राई सिफारीस गरेको थियो ।

महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटि निकै महत्वपूर्ण कमिटी मानिन्छ ।

अल्पविकसित देशहरुको समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्र्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि साथै जलवायु परिवर्तन सम्वन्धी क्षेत्रहरु यस कमिटीले हेर्ने भएकाले पनि महत्वपूर्ण छ ।

राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले सकारात्मक भूमिका निर्वाह गर्नका लागि पनि यो महत्वपूर्ण अवसर नेपाललाई प्राप्त भएको नेपाली नियोगले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270