३१ जेष्ठ, जनकपुरधाम । सडकमै मृत भेटिएका युवकको शवमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ ।
मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई छ । मृतकको को हुन भन्नेबारे परिचयसमेत खुल्न नसकेको स्रोतले जानकारी दिएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका कारण मृत्यु भएको औपचारीक पुष्टि गरिसकेको छैन् ।
यसैगरी, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टिनमा बसेका २ र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा पनि हिजो राति संक्रमण पुष्टि भएको छ ।
कन्टी इन होटलको क्वारेन्टिनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षिय महिला र १९ वर्षिय पुरुषमा हिजो राति संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका बाँकी ३ जना भने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ गुलरीया गाँउका हुन् ।
गुलरीया गाँउको एकै परिवारका ३ वर्षिय बालक, १५ वर्षिय बालक र ३० वर्षिया महिलामा संक्रमण भेटिएको हो ।