आज थप २७९ जनामा कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४३६४ पुग्यो

आज थप २७९ जनामा कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४३६४ पुग्यो

२८ जेष्ठ, काठमाण्डौँ । आज थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गराएको अपडेटअनुसार थप २७९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिनुभयो ।

मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको जानकारी दिएको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् ।

यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर