२७ जेष्ठ, काठमाण्डौँ । थप तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् ।
जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।
आज स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३ थप संक्रमित पुष्टि भएको जानकारी दिनुभयो ।
यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको पनि गौतमले जानकारी दिनुभयो ।