२६ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संक्रमित संख्या थपिएको दैनिक प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । आज थपएिका संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् ।
यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले १४ जना संक्रमितको मृत्यु भइसकेको जानकारी दिनुभएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
यता कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेको प्रवक्ता गौतमले बताउनुभयो ।
हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।