२६ जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जुनसुकै कारणले मृत्यु भएपनि मृतकमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर मृत्युपछि पनि पीसीआर टेष्ट गरिने बताउनुभएको छ ।
आज प्रतिनिधिसभा बैठकमा सांसदहरु ऋाफ्नो मन्त्रालय माथी उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले जुनसुकै कारणले मान्छेको मृत्यु भएपनि मृतकको शरीरमा कोरना भाइरसको संक्रमण थियो भने उसको सम्पर्कमा रहेका परिवारका सदस्यहरु तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने प्रयोजनका लागि तथा शव व्यवस्थापनमा सावधानी अपनाउनका लागि पनि मृत्यु पश्चात कोरोना टेष्ट गर्नुपर्ने बताउनुभएको हो ।
हालसम्म नेपालमा २ लाख ५७ हजार ९ सय ६२ को कोरोना स्वास्थ्य परीक्षण गरेकोमा १ लाख ९ सय ७१ पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
आरडीटीलाई विश्व स्वास्थ्य संगठनले प्रतिवन्ध नलगाएको पनि बताउँदै उहाँले बताउनुभयो । क्वारेन्टाईनमा बसेका व्यक्तिको कोरोना प्रतिरोधात्मक क्षमता छ कि छैन भन्न कुरा आरडीटी परीक्षणबाट थाहा हुने मन्त्री ढकालले बताउननुभयो ।
उहाँले असार १५ सम्म दैनिक १० हजार जनाको पीसीआरको रिर्पाेट दिन सक्नेगरी व्यवस्थापनमा जुटेको जानकारी पनि दिनुभयो ।