२५ जेष्ठ, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आज साँझ उक्त पार्टीका शीर्ष नेताहरू नै दल दर्ताको लागि आयोगको कार्यालयमा पुगेका थिए ।
स्रोतका अनुसार जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ । उक्त पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहनेछन् ।
सरकारले दल फुटाउन सहज हुने गरी बैशाख ८ गते राजनीति दल सम्बन्धी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते पार्टी एकताको सहमति भएको थियो ।
पार्टी एकता घोषणाकको ४५ दिनपछि आज जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । जसको वरिष्ठ नेतामा अशोक राई, डा. वावुराम भट्राई र राजेन्द्र महतो रहेका छन् ।
केन्द्रीय सदस्यमा महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव लगायत रहेको छन् ।
केन्द्रीय सदस्यको सूची :