थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो


२५ जेष्ठ, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा आज थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिनुभयो ।

नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । यो सहित कोरोना निको हुनेको संख्या ४६७ पुगेको देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर