२३ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका २७८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएको संक्रमितबारे जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित थपिएसँगै शतर्क रहन आग्रह गर्नुभएको छ ।
यसअघि हिजो एकै दिन किर्तिमानी ३३४ कोरोना भाइरसका संक्रमित थपिएपछि कुल संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको थियो । थपिएकामा पुरुष ३१९ र महिला १५ जना थिए । कुल संक्रमित मध्ये पुरुष २४ सय ५० र महिला १८४ जना छन् ।
ती मध्ये ३३३ जना उपचारपछि निको भएर डिस्चाज्र्ड भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
आज सम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन् । पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ ।
तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन् ।