२३ जेष्ठ, सुनसरी । सुनसरीमा आज थप १६ जना कोरोना सङ्क्रमित थपिएका छन ।
धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका हरीनगरा क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हरीनगरा गाउँपालिकाका स्वास्थ्य सन्योजक प्रकाश मगरले जानकारी दिनुभयो ।
त्यस्तै बर्जु गाउँपालिकाका थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बर्जुका स्वास्थ्य संयोजक राम बाबू श्रेष्ठले बताउनुभयो ।
धरानको विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अव्जरभेसन वार्डमा उपचारमा रहेकी बराहक्षेत्र नगरपालिकाकी १ बालिकामा पनि कोरोना पुष्टि भएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको संख्या ३३ पुगेको छ ।