२२ जेष्ठ, झापा । झापाको गौरीगञ्ज १ कुञ्जीबारीमा भारतबाट तस्करले भित्र्याएको एक बोरा प्रतिबन्धित सूर्ती स्थानीयले बरामद गरेर प्रहरीमा बुझाएका छन् ।
स्थानीय युवा बसन्त राजवंशीसहितको युवाहरुको समुहले एक घरबाट बरामद गरेको सूर्ती स्थानीय प्रहरी चौकी कुञ्जीबारीमा बुझाएका स्थानीय खगिन काफ्लेले जानकारी दिनुभयो ।
त्यहाँ एक बोरा सुर्ति बरामद भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कोमल ठाकुरले पुष्टि गर्नुभयो । आजै दिउँसो सूर्ति बरामद भएकाले त्यसका बारेमा आवश्यक अनुसन्धान शुरु गरिएको उहाँले जनाउनुभयो ।
स्थानीयबासीहरुका अनुसार सो क्षेत्रबाट लक डाउनको समयमा पनि सूर्ति तस्करको गिरोहले भारतको बिहार राज्य अन्तर्गतको किसनगञ्ज जिल्लामा पर्ने सिंगीमारी, डाकुपाडा, पाल्सालगायतका ठाउँबाट लालमाटी, कुञ्जीबारी, होक्कलबारी, सेतुमारी लगायतको क्षेत्र हुँदै रातारात सूर्ति भित्रायाई रहेका छन् ।