२१ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो ।
मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भई १५ गते टिचिङमा उपचारका लागि लगिएको थियो ।
त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा आज निधन भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।