शनिबार देखि बजार खोल्ने झापाका उद्योगी व्यवसायीको निर्णय

शनिबार देखि बजार खोल्ने झापाका उद्योगी व्यवसायीको निर्णय

२१ जेष्ठ, झापा । झापाका उद्योग व्यवसायीले लकडाउनका बेला बजार खोल्ने निर्णय गरेका छन् ।

मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा हिजो जिल्लाका सबै उद्योग वाणिज्य संघहरूसँग गरेको बैठकले ६ बुँदे निर्णय गर्दै जेठ २४ देखि जिल्लाका सबै बजार खोल्ने निर्णय गरेका छन् ।

बैठकले लकडाउनका कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन प्रशासनसँग अनुरोध गर्दै जेष्ठ २३ सम्ममा जिल्ला प्रशासन कार्यालयले आवश्यक निर्णय नगरे जेष्ठ २४ देखि स्वतः सबै व्यवसाय खुला गर्ने निर्णय गरेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले बताउनुभयो ।

तर, अति संवेदनशील क्षेत्रहरू चलचित्र घर, पार्टी प्यालेस, जिम खाना, होटेल, रेस्टुरेन्ट भने बन्द नै राख्ने निर्णय गरेको छ । रेस्टुरेन्ट तथा खाजा घरको हकमा भने अधिकतम सुरक्षा सावधानी अपनाएर होम डेरीभरी तथा अर्डर अनुसारको सेवा सञ्चालन गर्ने, औषधि, डेरी, कृषि सामग्री मल बिउविजन, भेटनरी र बैंक तथा वित्तीय संस्थाहरू नियमित सञ्चालन गर्न पाउनुपर्ने निर्णय गरेको छ ।

छलफलबाट ६ बुद्धे निर्णय पारित गरिएको छ । राज्यले केही व्यवसाय खुल्ला गराउने केही बन्द गराउने गरेकोले व्यवसायीमा आर्थिक समस्या र मानसिक पिंडा सृजना गएकोले लगातारको बन्दलाई सहज बनाईदिन प्रशासनसंग आग्रह गरिएको छ ।

छलफलले बन्दाबन्दीको कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येकदिन बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म खोल्ने व्यवस्था मिलाई दिन प्रशासन संग अनुरोध गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर