२० जेष्ठ, काठमाण्डौँ । थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
उनीहरुमध्ये २७० जना पुरुष र १८ जना महिला छन् । यो सँगै कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । अहिलेसम्म ६१ जिल्लामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
डा. देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १० र धरानमा भएको परीक्षणमा १ जनाको पोजेटिभ देखिएको छ ।
यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा २० जना, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ देखिएको छ । दैलेखमा ३७ जनाको पोजेटिभ आएको छ । यस्तै हेटौडामा १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अस्पतालमा १८ जनाको पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
आजसम्म पीसीआर विधिबाट ७५ अजार ३ सय ४३ र आरडिटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ४० र आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परीक्षण भएको छ ।
प्रदेश नम्बर १ मा १२ हजार ४ सय ५१, प्रदेश नम्बर २ मा ७ हजार ५, बागमती प्रदेशमा २५ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ९ हजार ६१ वटा आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा २५ हजार ४ सय ९४, कर्णाली प्रदेशमा १४ हजार ५३ रसुदूरपश्चिम प्रदेशमा २२ हजार ५ सय ४५ जनाको आरडिटी परीक्षण गरिएको उहाँले बताउनुभयो ।
यस्तै अहिले देशका विभिन्न क्वारेन्टिनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ हजार ६ सय ३५, प्रदेश नम्बर २ मा २२ हजार ५ सय ३६, बागमती प्रदेशमा ३ हजार ८ र गण्डकी प्रदेशमा ४ हजार ३ सय १५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६ ४ सय हजार ४७ र सुदूरपश्चिम प्रदेशमा ४४ हजार ८ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका नागरिकहरु रहेका छन् ।