पत्रकार महासंघ झापाद्वारा ८० जना पत्रकारको कोरोना बीमा

पत्रकार महासंघ झापाद्वारा ८० जना पत्रकारको कोरोना बीमा


२० जेष्ठ, झापा । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषद्धारा ८० जना पत्रकारको कोरोना उपचार बीमा गरिएको छ । महासंघले पहिलो चरणमा उपचार कोषमा आवद्ध भएका ८० जना पत्रकारको बीमा गरेको अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो ।

पेशागत बीमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी/आइपीएस)को सहकार्यमा महासंघले पत्रकारको बीमा गरेको हो । पत्रकारको बीमाका लागि पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटा र उपाध्यक्ष एकराज गिरीले पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम प्रदान गर्नुभएको थियो ।

बीमा एक लाख रुपैयाँको हुने बताइएको छ । बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए एक लाख रुपैयाँ बीमा कम्पनीले उपलब्ध गराउने छ । दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बीमा गरिने बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर