कोरोना संक्रमित र परिक्षणको अवस्थाः पर्वतमा पनि थपिए संक्रमित

कोरोना संक्रमित र परिक्षणको अवस्थाः पर्वतमा पनि थपिए संक्रमित


२० जेष्ठ, काठमाण्डौँ । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमित भेटिएका हुन् ।

पर्वतमा पनि एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला गाउँपालिकाका ३ गरी ५ संक्रमित भेटिएका हुन् । संक्रमित पाँचै जना सदरमुकाम कुश्माको क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमण पुष्टि हुनेमा फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमित कुल संख्या ३७ पुगेको छ ।

संक्रमित दशै जनालाई जिल्लास्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

कोरोना संक्रमित र परिक्षणको अवस्थाः

नेपालमा अहिलेसम्म कूल १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ७१ हजार ९ सय ३ जनाको पिसीआर परीक्षण र १ लाख १३ हजार ७ सय ५७ को र्यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय १० वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट २ हजार ६ सय ४८ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५८ वटा परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा १२३४६, प्रदेश दुईमा ६९५४, बागमति प्रदेशमा २५,५४३ गण्डकी प्रदेशमा ८,८८७, प्रदेश पाँचमा २३,८६३, सुदूरपश्चिम प्रदेशमा २२ हजार ३ सय ६ र कर्णाली प्रदेशमा १३८५८ जनाको र्यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ सय ७५ जना रहेका छन् । तिमध्ये प्रदेश एकमा ३९७७, प्रदेश दुईमा २१,९३२, बागमित प्रदेशमा २,६५४, गण्डकी प्रदेशमा ३,९३७, प्रदेश पाँचमा ३८ हजार २ सय ३०, कर्णाली प्रदेशमा २२,४७४ र सुदुर पश्चिम प्रदेशमा ४०७७१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सोमबार साँझ ९ बजेसम्म प्रदेश एकमा १३८, प्रदेश दुईमा ५८९, बागमति प्रदेशमा १५, गण्डकी प्रदेशमा २३, प्रदेश पाँचमा ५८३, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले कूल १ हजार ५ सय ६९ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी अहिलेसम्म २ सय २१ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ३०, प्रेदशमा दुईमा १०४, बागमति प्रदेशमा २९, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा ४८ र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेका छन् । पुरुष १ सय ७३ र महिला ४८ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा १ जना निको भएर घर फर्किएका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर