१९ जेष्ठ, सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित सोनापुरमा रहेको राधाकृष्ण मन्दिरको विवादास्पद जग्गा विक्रि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।
मन्दिरको १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले मालपोत कार्यालय इनरुवाका तत्कालिन प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा सहित ६ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेहरुमा मालपोतका शाखा अधिकृत मात्रिका दंगाल, नासु गोविन्द पौडेल, दुहबी नगरपालिका–८ का अध्यक्ष तारिकचन्द्र सरदार, मन्दिर व्यवस्थापन समितिबाट अख्तियारी पाएका उपाध्यक्ष उज्याला मानन्धर, जग्गा खरिदकर्ता गोविन्द कुमार बजगाई रहेका छन ।
मन्दिरको नाममा रहेको जग्गा दुई वर्ष अघि बजगाईलाई बिक्री गरिएको सुरुमा सो जग्गा बजगाईको नाममा पास गरे लगत्तै मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष रहेका मानन्धरले आफै खरिद गरेका थिए । ७ लाख ७१ हजार प्रति कठ्ठाका दरले बिक्री गर्ने निर्णय भएकोमा जग्गा बिक्री गर्दा लाग्ने पुँजीगत लाभकर पाँच लाख २१ हजार पाँच सय रजिस्ट «ेसन शुल्क ३ लाख ७७ हजार एक सय ५० गरी आठ लाख ९८ हजार ४ सय ५ रुपैयाँ राजस्व छली गरेको अभियोग छ ।
दुहबी नगरपालिका–८ का वडाध्यक्ष तारिकचन्द्र सरदारले राधाकृष्ण मन्दिरको नाममा रहेको जग्गा भित्री बाटोले छोएकोमा सिफारिसमा बाटोले नछोएको भनी गलत सिफारिस दिएको उल्लेख छ । जसबाट रजिस्ट्रेसन र पुँजीगत लाभकर छल्न सहज भएको अख्तियार दुरुपयोग आयोग टंगाल काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तीमा उल ्लेख छ ।
मालपोत कार्यालय इनरुवाका तत्कालिन प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा विरुद्ध ७ लाख ५५ हजार ६ सय २० रुपैयाँ बिगो दाबी गरिएको वडाध्यक्ष तारिकचन्द्र विरुद्ध अख् ितयारले ९ लाख १९ हजार १ सय २८ रुपैयाँ बिगो दाबी गरेको छ ।
मालपोत अधिकृत रहेका मात्रिका दंगाल माथी ९ लाख १८ हजार ७ सय ७८ रुपैँया बिगो दाबी गरिएको छ । त्यसैगरी नासु गोविन्द कुमार पौडेल माथी १६ लाख ७४ हजार ३ सय ९८ रुपैंया बिगो दावी गरिएको छ । अख्तियार दायर गरेको आरोप पत्रमा बिगो सहित कानुन बमोजिम सजायको समेत माग गरिएको छ ।