लकडाउन खुकुलो बनाइँदैः निजी सवारी चल्न दिने मोडालिटी बनाउदै सरकार

लकडाउन खुकुलो बनाइँदैः निजी सवारी चल्न दिने मोडालिटी बनाउदै सरकार

१९ जेष्ठ, काठमाण्डौँ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेष्ठसम्म लकडाउन जारी राख्ने निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ, जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।

सरकारी उच्च स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइने छ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउने जनाईएको छ ।

दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेष्ठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लागि नसकेको स्रोतल बतायो । तर, यो मोडालिटी कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र गर्न दिइने छ ।

मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक अवातजावत गर्न पाईने छैन ।

स्रोतका अनुसार भारतसँगको सिमामा भने कडाई गरिने छ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइने छ । तर, भारतबाट प्रवेश गरेपछि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने छ । सिमानाकामा सेना परिचालन गरिने छ । सेनाले नाकामा कोरोना रोकथामका लागि सहयोगी भुमिका निभाएर क्वारेन्टाइनको पनि व्यवस्थापन जनाईएको छ ।

आउदो १६ असारसम्म हवाई सेवा बन्द नै रहने छ । विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याइने छ ।

१ असारबाट शैक्षिक संघसंस्थाको पठनपाठन सुचारु हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउने छन् । खुल्ने भने छैनन् । शिक्षा मन्त्रालयले दुरशिक्षा या अनलाइन शिक्षाको निर्देशिका बनाइसकिएकाले पठनपाठन गराउन आव्हान गरिसकेको छ ।

नयाँ मोडालिटी अनुसार सि नेमा हल, सपिङ मल, रेष् टुरेन्ट बारहरु भने जेष्ठ महिनाभर नै बन्द हुने छन् ।

स्रोतका अनुसार विस्तारै कोरोना भाइरसको शतर्कताका लागि नियमप ूर्वक चल्न दिने मोडालिटी ल्याइने भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर