लकडाउनको समयमा धरानबाट लागूऔषध कारोवारीहरुका पक्राउ पर्दे

लकडाउनको समयमा धरानबाट लागूऔषध कारोवारीहरुका पक्राउ पर्दे

१८ जेष्ठ, सुनसरी । लकडाउन जारी भएयता सुनसरीको धरानबाट प्रहरीले भारी मात्रामा लागूऔषध बरामद गर्न सफल भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत्र २९ गते धरान–११ बाट ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । एक ग्राम ब्राउनसुगरसहित प्रहरीले हिमाल राई र दनि राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

यस्तै जेष्ठ १० गते प्रहरीले एक महिला सहित ३ जना लागुऔषध कारोवारीलाई पक्राउ गर्न सफल भएको थियो । धरान–१३ बाट समिया लिम्बू, घनश्याम राई र मन्दिप मगरलाई प्रहरीले पक्राउ गरेको थियो । उक्त घटनामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ३ ग्राम ब्राउनसुगर, १५० ट्याब्लेट नाइट्रोसन, र ८३ हजार रुपैयाँ नगद बरामद भएको थियो ।

त्यस्तै जेष्ठ १३ गते प्रहरीले धरान–९ बाट शुभचन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । शुभचन्द्रको साथबाट प्रहरीले २ लाख ३७ हजार रुपैयाँ नगदसहित ८० बोतल डाइलेक्स, १२८० क्याप्सुल स्पास्मोप्रोक्सिभन र ३०० ट्याब्लेट नाइट्रोसन बरामद गरेको थियो । उक्त घटनामा पनि म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270