१८ जेष्ठ, सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा ५ सय वेड क्षमताको क्वारेन्टाईन निर्माण गर्न नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) इनरुवाले माग गरेको छ ।
नेकपाले इनरुवाका दैनिक ज्यालादारी गर्ने मजदुर सहित विपन्नलाई राहत दिनुपर्ने र तीन दिन भित्र ५ सय वेडको क्वारेन्टाईन निर्माण गर्नुपर्ने माग सहितका ११ वुदे ज्ञापनपत्र बुझाएको छ ।
पर्टीले कोरोना भाईरस नियन्त्रण तथा समन्वय गर्न नगरक्षेत्रमा रहेका सरोकारबालाहरुको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय समन्वय समिति गठन गर्न गर्नुपर्ने, ज्यालादारी गर्ने परिवारलाई ५० केजीका दरले राहत दिनुपर्ने, पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने, किसानलाई आवश्यक मल विउँ अनुदान र निशुल्क वितरण गर्नुपर्ने, लकडाउन अवधीभर विधुत महसुलमा ७५ प्रतिशत छुटको व्यवस्था मिलाउनुपर्ने लगायतका माग गरेको नेकपा इनरुवाका इन्र्जाज गोपी ढकालले जानकारी दिनुभयो ।
ज्ञापन बुझाउने कार्यक्रममा सह इन्चार्ज ओमकार दाहाल(ओके दाहाल) , अध्यक्ष तिर्थ अधिकारी, सचिव तोया गिरी, नेता रमेश तिमिल्सिना, बसन्त सुवेदी , इनरुवा उपप्रमुख जमुना गौतम पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
ज्ञापन पत्र बुझनुहुँदै नगर प्रमुख राजन मेहताले मागहरुको विषयमा कार्यापालिका बैठकमा कुरा राख्ने बताउनुभयो ।