
१८ जेष्ठ, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा सडक कालोपत्रेको शिलान्यास गरिएको छ । बर्जु गाउँपालिका वडा नं. १ गोपी चौक देखि दक्षिण वडा नं. २ को भिमपुर रामगन्ज मोडलाई जोड्ने करीव २२ सय मिटर लम्बाई र ४.५ मिटर चौडाईको सडक कालोपत्रेका लागि शिलान्यास गरिएको हो ।
आज बर्जु गाउपालिकाका अध्यक्ष रघुनन्दन चौधरीद्धारा उक्त कालोपत्रे सडकको विधिवत रुपमा शिलान्यास गरिएको छ ।
उक्त सडकमा कालोपत्रे गर्नका लागि प्रदेश १ क्षेत्र नं. ३ (ख) का सांसद अगमलाल चौधरीको सांसद विकाश कोषको रु ४४ लाख र वर्जु गाउपालिकाको रु १ करोड गरी कुल रु १ करोड ४४ लाख रुपैँयाको लागत रहेको छ ।
उक्त कालोपत्रे सडक ठेक्का पाएका जय कन्ट्रक्सनका प्रोपराइटर जेपिजीले यसै बर्ष सो सडक निर्माण सम्पन्न गर्ने लक्षय रहेको बताउनुभयो । सो सडक निर्माण पछि सुनसरीको विकट रुपमा रहेको दक्षिणवर्ती क्षेत्रका कृषि, उपज लाई सजिलै बजार सम्म लैजान, गाउ र सहर विचको दुरी कम गर्न कोषेढुङगा सवित हुने बर्जु २ का वडा अध्यक्ष आनन्द यादवले बताउनुभयो ।
कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न लकडाउन गरिएसंगै विकास निर्माणको आयोजनाहरुमा ब्रेक लागेको थियो । कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी उच्च स्तरीय समन्वय समितिले पुर्वाधारका आयोजनाहरु स्वास्थ्यका मापदण्ड पुरा गर्दै सामाजिक दुरी कायम राखेर काम गर्न दिने निर्णय गरेसंगै विकासका अधिकांश कामहरु सुरु भएको बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले बताउनुभयो ।
अहिले विकाश निमार्णका योजनाहरु धमाधम काम भइरहेको लकडाउन अवधिभरीमा १९ वटा ठेक्का भइसकेको वर्जु गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नवराज कार्कीले बताउनुभयो ।
सो सिलान्यास कार्यक्रममा बर्जु गाउँपालिकाा उपाध्यक्ष संगिता कुमारी राय, वडा नं. १ का अध्यक्ष श्याम गुरुङ, वडा नं. २ का अध्यक्ष आनन्द यादव, वडा नं. ४ का अध्यक्ष सम्पत चौधरी, गा.पाका नासु संतोष बञ्जारा, योजनाका मनोज यादव, अमडुवा वि.ओ.पि. का प्रमुख शिव प्रसाद चौधरी, स्थानिय बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७