मानसिक अस्वस्थताले निम्त्याएको दुःखद ‘बेलबारी घटना’

मानसिक अस्वस्थताले निम्त्याएको दुःखद ‘बेलबारी घटना’

१८ जेष्ठ, काठमाण्डौँ । समाजमा कहिलेकाहीँ अकल्पनीय र दुःखद घटनाहरु घटने गर्दछन् । यस्ता घटना घटनुको पछाडि धेरै कारणहरु हुन सक्छन् ।

कहिलेकाहीँ मान्छेको मानसिक स्वास्थ्य अवस्था ठिक नहुँदा पनि, कहिलेकाहीँ यस्ता दुःखद घटना हुन पुग्छन् । यस्तै दुःखद घटना मोरङको बेलबारीमा घटेको छ । एक ३० बर्षिय जीवन लिम्बू नामका व्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर वीभत्स तरिकाले आत्महत्या गरेका छन ।

उनी जाँड रक्सिको दुव्र्यसनी फसेको तथा मानसिक रोगी भएको पाईएको छ । बेला बेलामा मानसिक रोगका कारण यस्ता दुःखद घटना हुँदा मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् ।

उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नु पर्छ वा बाधेर राख्नु पर्छ, भन्ने धारण आम मानिसहरुमा पाईन्छ । मानसिक सन्तुलन गुमाएको व्यक्तिले कसैको हत्या गर्याे रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई पनि लाग्न सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुँदैनन् ।

नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोँचाईमा हुने मतिभ्रम (Delussion), हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अञ्जानवस यदा कदा यस्ता घटना घट्ने पनि गरेका छन् ।

विशेष गरि जाँड रक्सि तथा लागूको दुव्र्यासनी, तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया, अति रिस उठ्ने रोग, डिलेरियम, डिमेन्सिया जस्ता रोगमा बिरामी कहिले काहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउन सक्छन् ।

उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दुख दिन्छु, बदला लिन्छु भनेर जानिबुझि गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन् । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath)हरुमा भने बदलाको भावना हुन्छ । उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन । अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुँदैन ।

मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्याउनु पर्छ । बिरामीले अरुलाई मात्र होईन आफुलाई पनि खतरामा पर्न सक्छ ।

परिवारले ध्यान दिनुपर्ने कुराः

१) कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु, मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान नहुँन सक्छ । यस्तो अवस्थामा फकाई फुलाई अस्पताल लैजानु पर्छ ।

२) उनीहरुसँग विवाद, झर्काे फर्काे गर्नु हुँदैन् । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।

३) बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।

४) उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नु हुँदैन् ।

५) मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिले वस्तु, डोरी लगायतका सामान राख्नु हुँदैन् ।

६) विरामी उत्तेजित भएका बेला रेडियो, टिभि बन्दगर्नु पर्छ ।

७) आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।

 

-लेखक मनोविद हुन्, उनी मार्क नेपाल मनोसेवा केन्द्रमा आवद्ध छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270