रुकुम हत्याकाण्डको विरोधमा इलामको ऐकबद्धता

रुकुम हत्याकाण्डको विरोधमा इलामको ऐकबद्धता

१६ जेष्ठ, इलाम । कर्णाली प्रदेशको पश्चिम रुकुमस्थित चौरजहारी नगरपालिका वडा नं. ८ मा नवराज विकसहित ५ जना युवाहरुको हत्या गर्नेगरी भएको घटनाको विरोध स्वरुप आज इलाममा विभिन्न कार्यक्रमहरु भएका छन् ।

सयौंको संख्यामा इलामको ठूलो टुँडिखेलमा जम्मा भएका दलित अधिकारकर्मी, नागरिक अगुवा, सर्वसाधरणसहितको र्याली लकडाउनको समयमा सामाजिक दुरीको पालना गर्दै नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय इलाममा पुगेको थियो । रुकुम हत्याकाण्डका पींडितहरुलाई न्याय दे, वेपत्ताको खोजी गर, घाइतेको उपचार गर, दोषीलाई हदैसम्मको कारबाही गर, मानव अधिकारको रक्षा गर, सबैखाले विभेदको अन्त्य गरौं, सम्पूर्ण नेपाली एकजुट हौ जस्ता नाराबाजीसहित र्याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा नाराबाजी सहित घेराउ तथा धर्ना बसेपछि इलाम जिल्लाका दलित अधिकारकर्मी र नागरिक अगुवाहरुको तर्फबाट पींडितलाई न्याय र दोषीलाई हदैसम्मको कारबाहीको मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको नेकपा इलामका कार्यालय सचिव एवं नेपाल दलित मुक्ति संगठन इलामका नवराज शंकरले बताउनुभयो ।

ज्ञापनपत्रमा पींडितलाई न्याय तथा क्षतिपूर्ति र दोषीलाई हदैसम्मको कारबाहीको माग बाहेक घटनालाई कुनै प्रकारको दबाव र प्रभावमा परेर तोडमोड गर्न, ढाकछोप गर्न नहुने माग गरिएको छ भने उच्चस्तरीय संसदीय छानवीन आयोग गठन गर्न र राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट छुट्टै स्वतन्त्र छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ । विज्ञप्तिमा लेखिएको छ– “यस हत्याकाण्डलाई लिएर सरकारले चाल्ने कदम र गर्ने निर्णयलाई सिंगो दलित समुदायले नजिकबाट नियालीरहेको छ, जसले उत्पीडित दलित समुदायलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार छर्लङ्ग हुनेछ ।”

ज्ञापनपत्र हस्तान्तरण गर्दै शासन व्यवस्था परिवर्तन गरेर दलित माथिको हत्या, असमानता र विभेद अन्त्य नहुने भन्दै उक्त अवसरमा यसका लागि समाजमा विद्यमान विभेदकारी संरचना तथा मानिसको सोंच र व्यवहारमा परिवर्तन आउनुपर्ने शंकरले बताउनुभयो । ज्ञापनपत्र बुभ m ्दै प्रमुख जिल्ला अधिकारी तुलसी सेंढाईले तुरुन्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्प्रषण गर्ने बताउनुभयो ।

संयुक्त संघर्ष समिति गठन र विज्ञप्ति जारीः

यसैगरी आजै बिहान बसेको दलित अधिकारको क्षेत्रमा काम गर्ने संघ, संगठनहरु एवं सामाजिक संघ, संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको बैठकले पश्चिम रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समिति इलाम गठन गरेको छ ।

संघर्ष समितिमा नेपाल दलित मुक्ति संगठन इलाम, नेपाल दलित संघ इलाम, गैरसरकारी संस्था महासंघ इलाम, इलाम उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जिल्ला समन्वय परिषद् इलाम, नेपाल मानव अधिकार संगठन इलाम, मानव अधिकार एलायन्स इलाम, मानव अधिकार मंच नेपाल इलाम, प्याग नेपाल इलाम, उत्पीडित जातीय अधिकार मञ्च इलाम, फेडो इलाम, चेतना नाट्य समूह इलाम लगायतका १७ वटा संगठन, संघ, संस्थाहरु सदस्य रहेको दलित संघ इलामका कार्याबाहक अध्यक्ष सुमन दासले बताउनुभयो ।

बैठकको निर्णय बमोजिम संघर्ष समितिले घटनाको सत्यतथ्य छानवीन गरी पींडितलाई न्याय र दोषीलाई हदैसम्मको कारबाहीको माग सहित प्रेस विज्ञप्ति जारी गरेको छ । जेष्ठ १७ गते राष्ट्रिय पार्टीको जिल्ला तहमार्फत सम्बन्धित पार्टीको केन्द्रीय नेतृत्वलाई ज्ञापनपत्र पठाउने र २१ गते छुवाछ ूतमुक्त राष्ट्र घोषणा दिवसको अवसर पारेर शोकसभाको आयोजना गर्ने मावन अधिकार मञ्च नेपालका सचिव एवं अधिवक्ता देवेन्द्र विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270