एकैदिन थपिए १७० कोरोना संक्रमितः १२१२ पुग्यो कुल संक्रमित संख्या

एकैदिन थपिए १७० कोरोना संक्रमितः १२१२ पुग्यो कुल संक्रमित संख्या

१६ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप १७० जनालाई कोरोना भाइरसको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो संगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण देखिएकामध्ये ५ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको उहाँले बताउनुभयो ।

यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ ।

यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । यस्तै उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270