प्रेस युनियन सुनसरीद्धारा दुई सय ६० सञ्चारकर्मीको कोरोना बीमा

प्रेस युनियन सुनसरीद्धारा दुई सय ६० सञ्चारकर्मीको कोरोना बीमा

१६ जेष्ट, सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरिदिएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो ।

‘हामीले जिल्लामा सक्रिय रहेका २६० जना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौँ,’ अधिकारीले भन्नुभयो, ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौँ ।’ उहाँका अनुसार फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याईएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार १५० जना सञ्चारकर्मीको आइएमी जनरल इन्स्युरेन्सले बीमा गरेको र बाँकी ११० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको छ । कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बताउनुभयो ।

कोरोना बीमा व्यवस्थापन समितिका सदस्यहरु निशान चौधरी, उषाकिरण घिमिरेले लगायतले शुक्रबार आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको पोलिसिबारे समन्वय गरेका थिए ।

शुक्रबार नै ११० जनाको पैसाको चेक पनि हस्तान्तरण गरिएको थियो । शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि आह्वान समेत गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर