झापाको मेचीनगरमा चार महिनामा ६४ जना नयाँ क्षयरोगका विरामी फेला

झापाको मेचीनगरमा चार महिनामा ६४ जना नयाँ क्षयरोगका विरामी फेला

१६ जेष्ठ, झापा । झापाकोे मेचीनगरमा चारमहिनामा ६४ जना नयाँ क्षयरोगी फेला परेका छन् । यो सँगै मेचीनगरमा नयाँ र पुराना गरी वा नियमित क्षयरोेगको औषधि सेवन गर्नेको संख्या ९२ जना पुुगेको छ ।

यसअघि नगरमा २८ जनाले क्षयरोगको औषधि सेवन गरिरहेका थिए । विहिबार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिकाका स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग सम्पन्न क्षयरोग कार्यक्रम सम्बन्धि दोस्रो चौमासिक गोष्ठीमा सम्बन्धित केन्द्रका क्षयरोग फोकल पर्सनहरुले प्रस्तुत गरेको तथ्याङ्कले नगरमा क्षयरोेगका नयाँ विरामी फेला परेको जनाएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा शाखा संयोजक शशीकला राईले नगरभित्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रसहित आधा दर्जन स्वास्थ्य केन्द्र रहेको जानकारी दिनुभयो ।

संयोजक राईका अनुसार एक व्यक्तिमा चौथो पटकसम्म क्षयरोग पोजेटिभ देखिएको छ । पहिलो पटकमै क्षयरोग पुष्टि भएपछि नियमित औषधि सेवन गरेको व्यक्तिलाई चौथो पटकसमम क्षयरोग देखिएको छ । खकार, छाला तथा एक् स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने भएपनि मेचीनगरमा धुलावारी प्राथमिक स्वास्थ्य केन् द्रबाहेक अन्य स्वास्थ्य केन्द्रमा खकार परीक्षण नहुने भएकाले समस्या पैदा भएको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर