१४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

१४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को आजको संयुक्त बैठकमा मन्त्री खतिवडाले बजेट प्रस्तुत गर्नुभएको हो ।

खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेशगर्नुभएको छ । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो ।

उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैंया तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ८९ करोड रुपैंया बजेट विनियोजन भएको छ । चालु, पुँजीगत र वित्तीय व्यवस्था अन्तर्गतको यो बजेट कुल बजेट खर्चको क्रमशः ६०.५० प्रतिशत, २६.६ प्रतिशत र ११.७ प्रतिशत हो ।

उक्त बजेटको लागि राजश्वबाट ९ खर्ब ४८ अर्ब ६२ करोड, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैंया स्रोत जुट्ने अनुमान गरिएको छ । त्यसो गर्र्दा अपुग हुने रकममध्ये २ खर्ब ९९ अर्ब ५० करोड ३३ लाख रुपैंया वैदेशिक ऋणबाट र २ खर्ब २५ अर्ब रुपैंया आन्तरिक ऋणबाट जुटाइने अनुमान गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर