
१५ जेष्ठ, मोरङ । मोरङको बेलबारी नगरपालिका ४ स्थित बुधबारेमा आज छोराले आफ्नौ आमाको हत्या गरी आत्माहत्या गरेका छन् । बेलबारी–४ का जीवन लिम्बूले सामान्य घरायसी विवादमा आफ्नौ आमाको इट्टाले हानी हत्या गरी आफैले पनि आत्महत्या गरेका हुन् ।
प्रहरी स्रोतका अनुसार लिम्बुले आफ्नी आमालाई घरायसी विवादमा घरमानै इट्टा प्रहार गरेका थिए । इट्टा प्रहारबाट आमाको घटनास्थलमा नै मृत्यु भएको थियो । आमाको मृत्यु पछि उनले पनि छुराले आफ्नो घाँटीमा रेटेरका थिए । आफै घाँटी रेटेर सख्त घाईते भएका लिम्वुलाई उपचार गर्न बेलबारी स्थित नोवेल आस्पतालमा लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

स्रोतको अनुसार हिजो बुधबार घरायसी झगडा निकै चर्काे हुन थाले पछि प्रहरी आई छोरालाई पक्राउ गरी लगेको थियो । आज विहान नै आमा इलाका प्रहरी कार्यालय बेलबारी गई छोरालाई छुट्याई ल्याएकी थिइन ।
छुट्याएर ल्याएका आमा छोरा मिलेर नै खाना खान लागेका थिए । स्थानिय एक व्यक्तिका अनुसार–‘यसै क्रममा उनीहरूवीच के कुरामा विवाद भयो एकासी आमाको हत्या गरी छोराले पनि छिमेकीको घरमा गएर छुरा निकाली घाँटीमा रेटी आत्महत्या गर्ने प्रयास गरेका थिए ।
आमा र छोरा दुबैको शव पोष्टमाटमका लागि मोरङको मङ्गलबारे अस्पताल लगिएको बेलबारी–४ का वडा प्रतिनिधिले जानकारी दिएका छन् ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७