१५ जेष्ठ, काठमाण्डौँ । नेपालमा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको छ । आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिनुभएको हो ।
आज थपिएका मध्ये झापाका २५ जना रहेका छन् । उनिहरु सबै झापाको कचनाकवल गाउँपालिकाका रहेका छन् । उनिहरुको कोशी अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टिभएको हो ।
कचनकवल गाउँपालिकामै २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या ७३ जना पुगेको हो । कचनकवलमा हिजो मात्रै १५ जना थपिएका थिए ।
गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये हिजो ५६ जनाको रिपोर्ट आएकोमा आज अन्यको रिपोर्ट आउँदा संक्रमितको संख्या बढेको बताइएको छ