१५ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो ।
संक्रमितको ९ सय ४० जना पुरुष र एक सय २ जना महिला छन् । डा. देवकोटाअनुसार अहिलेसम्म कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किनेको संख्या १८७ पुगेको छ ।
जसमा प्रदेश नम्बर एकमा ३०, २ नम्बर प्रदेशमा १०१, बाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, ३८ र सुदुर ५ जना । ती मध्ये चार जना पछिल्लो समय निको घर फर्किएका छन् । उनीहरु नारायणी अस्पतालबाट ११ देखि १४ओं दिनेको अवधिमा डिस्चार्च भएका हुन् । डिस्चार्ज हुनेमा १४४ जना पुरुष र ४३ जना महिला छन् ।