१२ जेष्ठ, इलाम । इलामको चुलचाचुली गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । केही दिन अगाडी उनिहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको थियो । त्यसमा चारै जना पुरुषको रिपोर्ट नेगेटीभ आएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य प्रमुख दुष्यान्त दाहालले जानकारी दिनुभयो ।
भारतको मुम्वईबाट काँकडभिट्टा नाका हुदै नेपाल आएर जेष्ठ २ गते सम्म कलवलगुडी क्वारेन्टाईनमा बसेका उनिहरु जेष्ठ ५ गते चुलाचुली गाउँपालिका आएका थिए । उनिहरु १७ र १८ वर्ष उमेर समुहका छन् ।
अहिले सम्म गाउँपालिकाको क्वारेन्टाईनमा बसेका ३२ जनाको आरडिटी परिक्षण भएको छ । त्यसमा सबै जनाको रिपोर्ट नेगेटीभ आएको जनाईएको छ । अहिले उनिहरुलाई होम क्वारेन्टाईन पठाईएको स्वास्थ्य प्रमुख दाहालले जानकारी दिनुभयो ।
गाउँपालिकामा कतार, मलेसिया, दुवई लगायतका देशबाट आएका ५० जनालाई सेल्फ क्वारेन्टाईनमा राखिएको स्वास्थ्य प्रमुख दाहालले वताउनुभयो ।