थप १९ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमितको संख्या ६०३ पुग्यो

थप १९ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमितको संख्या ६०३ पुग्यो

११ जेष्ठ, झापा । थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको समरिमाई–५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

अहिले थपिएका १९ संक्रमितहरु हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

वक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट ४८ हजार ८ सय १५ को परीक्षण भएको छ भने आरडिटीबाट परीक्षण गरिएको संख्या ९० हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ को पिसिआरबाट र आरडिटीबाट ३ हजार ७ सय ९१ को परीक्षण गरिएको छ । आईसोलेशनमा रहेकाको संख्या ५ सय १३ जना र डिस्चार्ज भएकाहरुको संख्या ८७ पुगेको छ ।

यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । उनीहरु मध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर