रिपोर्ट नेगेटिभ आएपछि कोशी गाउँपालिकाको क्वारेन्टाइनबाट २० जनालाई घर पठाईयो

रिपोर्ट नेगेटिभ आएपछि कोशी गाउँपालिकाको क्वारेन्टाइनबाट २० जनालाई घर पठाईयो

११ जेष्ट, सुनसरी । सुनसरीको कोशी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० जनालाई घर पठाईएकोे छ ।

कोशी गाउँपालिका–५ स्थित मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा बसेका उनिहरुको कोरोना परिक्षणमा रिपोर्ट नेगेटि आएपछि घर पठाईएको हो ।

क्वारेन्टाइनमा बसेका मध्ये २० जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । अन्य २७ जनाको पिसीआर परीक्षणको रिपोर्ट आउन बाकि रहेको वडाध्यक्ष साहजमालले बताउनुभयो ।

सो क्वारेन्टाइनमा कुल ४७ जनालाई राखिएको थियो । जसमध्ये २० जना घर फर्केका हुन भने बाँकी २७ जना अझै क्वारेन्टाइनमै बसेका छन ।

उता सुनसरीको विभिन्न स्थानमा कोरोना सक्रमित बढ्दै गएकोले गढी गाउँ कार्यपालिकाको बैठकले थप क्वारेन्टाइन राख्ने निर्णय गरेको छ ।

गाउँपालिकाबाट बाहिर गएकाहरुलाई राख्नका लागि व्यवस्थित क्वारेन्टाईन राख्ने अध्यक्ष श्रीप्रसाद यादवले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर