पतिको दिर्घायुको कामना गर्दै मधेशी महिलाले मनाए बटसाबित्री पर्व

पतिको दिर्घायुको कामना गर्दै मधेशी महिलाले मनाए बटसाबित्री पर्व

१० जेष्ठ, सुनसरी । लकडाउनको समयमा पनि मधेशी विवाहीत महिलाहरुले बटसावित्री अर्थात बरसाईत पर्व मनाइएका छन् ।

जेष्ठ महिनाको अमावश्याका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरु आफनो पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजापाठ गर्ने गर्दछन् । विवाहित महिलाहरुले शुक्रबार(हिजो) उल्लासका साथ यो पर्व मनाइएका छन् ।

घर नजिकैको धार्मिक स्थलको बरको रुख मुनी बसेर पतिको दिर्घायुको कामना गर्ने गर्दछन् ।

सुनसरी सदरमुकाम इनरुवा सहित देवानगंज गाउँपालिका, बर्जु, हरिनगर, कोशि गाउँपालिका लगायत जिल्लाको विभिन्न ठाउँमा रहेको वरको रुखमा पूजा गरी बटसावित्री पर्व मनाइएको गृहखर संवाददाता आशिष यादवले जनाउनुभयो । त्यसैगरी सुनसरीको, देवानगंज गाउँपालिका, बर्जु, हरिनगर, कोशि गाउँपालिका लगायतमा रहेको वरको बरको रुखमा पूजा गरी बटसावित्री पर्व मनाइएको दुहबीका सरिता यादवले जानकारी दिनुभयो ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुखको फेदमा बसेर कठोर ब्रत गरी हिजकै दिन आफना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले पनि आफ्ना पतिको दिर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धामिर्क ग्रन्थहरुमा उल्लेख रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270