सांसद् भट्टराईको पहलमा खोटाङ आईपुग्यो अत्यावश्यक स्वास्थ्य सामग्री

८ जेष्ठ, खोटाङ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग संग समन्वय गरेर आज आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । उहाँ आफैले पहल गरेर ल्याएको स्वास्थ्य सामग्री जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गर्नु भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सांसद भट्टराईले अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई हस्तान्तरण गर्नुभएको छ ।

सांसद भट्टराईमार्फत ५०० थान आरडिटि किट, ५०० थान पिसिआर किट, ५० थान पिपिइ, २० थान थर्मल गन, ५० थान सुकभर, ३० थान सेफ्टी चस्मा, ५० थान सर्जिकल क्याप, २० थान फेस सिल्ड, ५० थान केएन नाएन्टीफाईब मास्क, एक हजार थान नर्मल मास्क, १०० थान ग्लोब्स र स्यानिटाइजर १६ लिटर उपलब्ध गराईएको हस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270