विर्तामोड नगरपालिका आज राती १२ बजे देखी सिल गर्ने निर्णय

८ जेष्ठ, झापा । झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले आज देखि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

हिजो सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले आज राती १२ बजेदेखि बिर्तामोड क्षेत्र शिल गर्ने निर्णय गरेको हो ।

आज राति १२ बजेदेखि बिर्तामोड क्षेत्रमा पसल र सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
यस्तै बिर्तामोड प्रवेश गर्ने सबै नाका नै बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिनुभयो ।

औषधी, डेरी र कृषिजन्य वस्तुको व्यवसाय खुला गरेर बाँकी सबै किसिमका व्यवसाय बन्द गर्ने निर्णय भएको बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270