लकडाउन थप दश दिन थप्न उच्चस्तरीय समन्वय समितिको सिफारीस

लकडाउन थप दश दिन थप्न उच्चस्तरीय समन्वय समितिको सिफारीस

४ जेष्ट, बाँके । भर्खरै सम्पन्न उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप दश दिन थप्ने निश्कर्ष निकालेको छ । अहिले केही बेरमा सुरु हुने मन्त्रिपरिषद बैठकले लकडाउन कडाई गर्ने र थप्नेबारे निर्णय गर्दैछ ।

समितिले मन्त्रिपरिषद बैठकमा दश दिन लकडाउन थप्ने सुझाव दिएको समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिनुभएको छ । गत चैत्र ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक जेष्ठ ५ भोलि सोमबार सम्मका लागि थपेको थियो । समितिका प्रवक्ता विडारीका अनुसार अब लकडाउन थप्नुको विकल्प नभएकोले समिति दश दिन लकडाउन थप्ने निश्कर्षमा पुगेको हो ।

यस्तै क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि बैठकले गरेको छ ।

आजको मन्त्रिपरिषदको बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ ।

सरकारले लागू गरेको लकडाउनको समयसीमा भोलीदेखि सकिदै छ ।

सरकारले चैत ११ देखि लकडाउन लागू गरेपनि नेपालका कोरोनाको संक्रमण देखिने क्रम भने रोकिएको छैन । आइतबारसम्म नेपालमा कोरोना संक्रममितको संख्या २९२ पुगेको छन् भने २ जनाको मृत्यु भएको छ ।

यस्तै ३६ जना भने निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर