आज थप ६ जना कोरोना संक्रतिम थपिए

आज थप ६ जना कोरोना संक्रतिम थपिए

३ जेष्ठ, काठमाण्डौँ । आज थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान १० बजे गरेको अपडेटमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । नयाँ संक्रमितहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवन जिल्लाका हुन् । हाल उनीहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर