३१ वैशाख, काठमाण्डौँ । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा १०, कपिलवस्तुमा ८, पर्सामा २ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको छनु ।
यो संगै नेपालमा संक्रमित संख्या २४३ पुगेको छ ।