भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

३१ वैशाख, झापा । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए ।

‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए,’ नेता रावलका सहयोगीले बताएका छन् ।

मंगलबार(हिजो) राजधानीमा भेटिएका संक्रमित मध्ये एक जना ति शसस्त्र प्रहरी जवान रहेको पाईएको हो ।

सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती जवान टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । प्राप्त जानकारी अनुसार ती जवान उपत्यका बाहिर नगएको र उनमा संक्रमण कसरी भयो भन्नेबारे अनुसन्धान थालिएको छ । उनी सिंह दरबार छिरेका थिए कि थिएनन् भन्नेबारे जानकारी आउन बाँकि छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर