दमकको हरिओम कोलानी मार्गमा ट्रिपरले ठक्कर दिदा एक जनाको मृत्यु

दमकको हरिओम कोलानी मार्गमा ट्रिपरले ठक्कर दिदा एक जनाको मृत्यु

३१ वैशाख, झापा । झापाको दमक स्थित हरिओम कोलोनी मार्गमा आज विहान सवारी दुर्घटना हुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आज विहान करिव ८ वजे तिर को १ ख ५५२४ नम्बरको ट्रिपरले ठक्कर दिदा साईकलयात्री दमक–१ श्रीपाली टोलका १६ वर्षिय सोवित दर्जीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माका अनुसार तिव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ट्रिपरले विपरीत दिशाबाट आईरहेको साईकलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रिपर र त्यसका चालक मकवानपुर जिल्ला घर भएका ५१ बर्षिय केदार प्रसाद पुलामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर